ललितपुर, २८ जेठ । आफ्नै छोरीमाथि बलात्कार गर्न खोजेको आरोपमा यातायात मन्त्रालयका एक यादव थरका उपसचिव पक्राउ परेका छन् । (युवतीको योपनियताका लागि बुबाको नाम हामीले नखुलाएका हौं)

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवले आफ्नै १८ वर्षीया छोरीलाई जब्बरजस्ती करण गरेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले ‘विदेशतिर छोरीलाई करणी गर्छन् नेपालमा पनि गर्दा केही हुँदैन’ भन्दै करणी गर्दै आएको पाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिएका छन् ।

धानुकले भने, घरमा कोही नभएको मौका पार्दै यादवले छोरीलाई ‘आमा अहिले आउँदिन’ भन्दै जबरजस्ती गर्दै आएको खुलेको छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसरी गरे छोरीमाथि ज्यादती

घटनाको प्रारम्भिक अनुसन्धानमा यादवले विगत ३–४ वर्षदेखि छोरीलाई डरधम्की देखाउँदै निरन्तर करणी गर्दै आएको प्रहरीले जनाएको छ । १२ कक्षामा अध्ययनरत उनलाई बाबुले संवेदनशील अङ्गमा हातले छुने गरेको पाइएको छ ।

बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाएकी थिइन् । आमाले पनि उक्त घटना आफ्नै घरभित्रको भन्दै श्रीमानलाई चेतावनी दिंदै लुकाउँदै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । तर श्रीमान र बाबुको ज्यादतीको सीमा नाघेपछि गत जेठ १९ गते आमा र ती किशोरी दुबैले घटना बाहिर ल्याएका हुन् ।

प्रहरीका अनुसार १२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षकसँग प्रेममा रहेको खुलेको छ । शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो । किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको एसएसपी धानुकले पुष्टि गरेका छन् । नया पेज बाट साभार