विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक स्थित एक बिद्यालयमा ‘मास कन्भर्सन डिसअर्डर’ का कारण बिद्यार्थीहरुमा त्रास पैदा भएको छ । यसलाइ मास हिस्टोरिया भनिने गर्छ ।
दमक १० स्थित सिंहदेबी माबिमा कक्षा ६ र ७ का बिद्यार्थीहरुमा यो समस्या देखिएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए । बिद्यार्थीहरुलाइ काम्ने, चिच्याउने, कराउने, ढल्ने, वेहोस हुने, हातखुट्टा झट्कार्ने, बर्बराउने, श्वास फेर्न गाह्रो हुने, आत्तिने लक्षणहरुले सताउने गरेको छ ।
बुधबार मनोपरामर्शदाता सहितको टोली बिद्यालय पुगेर यस बिषयमा आवश्यक परामर्श दिन श्ुरु गरेको छ । वडाध्यक्ष बोधराज न्यौपानेले आवश्यक सबै सहयोग गर्ने बताउदै बालबालिकाहरुलइ समस्याबाट छुटकारा दिलाउन आवश्यक रहेको बताए ।
मनमा रहेको आन्तरिक पीडाहरु विभिन्न लक्षणका रुपमा देखिने रोगलाई नै ‘कन्भर्सन डिसअर्डर’ भनिने भएकाले यो त्यहि भएको जनाईएको छ । एउटा ब्याक्तिमा भएको अवस्थामा कन्भर्सन डिसअर्डर भनिएपनि एकभन्दा बढिमा भएपछि यसलाइ ‘मास कन्भर्सन डिसअर्डर’ भनिने गरेको भेटिन्छ ।
बिद्यालयमा पुग्दा अभिभावक, बिद्यार्थी र शिक्षकहरु नै यसबाट त्रसित भएको देखिन्थ्यो । बिद्यार्थीहरुले अस्वभाविक कृयाकलाप गरेपनि केहि दिन यो घटना बाहिर आएका थिएन । एकपछि अर्को गर्दै बढ्दै गएपछि यो बिषय बाहिर आएको हो ।











