दमक/झापाको दमक नगरपालिकाले १ सय ७० जना बेरोजगारहरुलाइ एक महिनाको रोजगारको ग्यारेन्टि गर्दै काममा लगाएको छ । आज औपचारिक रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको हो ।

दैनिक ५ सय १७ रुपिया दिएर नगरपालिकाले बृक्षारोपण, सरसफाइ लगायतका काममा बेरोजगारहरुलाइ खटाउन शुरु गरिएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रम शुरुवात गर्दै प्रदेश सभा सदस्य अर्जुन राइ, दमक नगरपालिका प्रमुख रोमनाथ ओली, प्रधानमन्त्रीको नीजि सचिवालयका सदस्य होमबहादुर थापा लगायत यो कार्यक्रम बेरोजगारहरुका लागि बरदान बन्दै जाने बताएका थिए ।

नगरपालिकाका रोजगार संयोजक राजेन्द्र खनालका अनुसार हरेक वाडका १७ जनाको दरले छनोट गरेर खटाउन शुरु गरिएको हो ।