दमक/झापा दमकका विवाहीता महिलाहरुले बनाएको श्रीमती संगठन (फेसबुक) सामाजिक काममा अघि बढ्न थालेको छ ।
शुक्रबार पहिलो बार्षिकोत्सव बनाउदै कमल गाँउपालिकास्थित सोलमारीमा रहेको कालिका बिद्यालयका बिद्यार्थीहरुलाइ स्कूल ब्याग र शैक्षिक सामाग्रि बितरण गरेको छ ।
गौरादह नगरपालिकाका प्रमु्ख रोहितकुमार शाहको प्रमुख आतिथ्यमा बार्षिकोत्सव मनाएको हो ।
संघकी सदस्य नानु बिष्टका अनुसार सेवाको उदेश्यले विवाहित महिलाहरु संगठित भएर सामाजिक कामहरु गर्न शुरु गरिएको हो ।

यसमा नेपालभरबाट ६ हजारभन्दा माथि सदस्यहरु रहेकाछन् ।
विष्णु भण्डारी, रेवता बस्नेत र जुना खतिवडा यसको मुख्य एडमिन तथा सञ्चालिका रहेकीछन् । तीनै जना दमककाहुन् ।
समाजसेवी गणेश कार्कीले बालबच्चाहरुलाइ ३५ हजार मूल्य बराबरको हाउस ड्रेस प्रदान गरेका थिए ।











