विष्णुप्रसाद पोखरेल
दमक/दमक उद्योग बाणिज्य संघको चुनावी माहोल तातेको छ । केहि समय अघिसम्म १५ सय ब्यापारीले नविकरण गरेकोमा जेठ मसान्तसम्म नविकरण सिमा तोकिएपछि उम्मेद्वार तथा पार्टीको पहलमा झण्डै दोब्बर मतदाता बढेकाछन् ।
संघका अनुसार मसान्तसम्ममा २६९१ मा जनाले नविकरण गरेकाछन् । यो संख्या नयाँ नेतृत्व चयनका लागि मतदान गर्न तथा आफ्नो नेता छान्न योग्य सूचि हो । शनिबार नेकपा निकट ब्यवसायी र काँगेस निकट ब्यवसायीहरुले आफ्ला लिस्टहरु लिएर एकमुष्ठ रुपमा पैसा बोकेर बाणिज्य संघमा आएका थिए ।
नविकरणको समयसम्म उम्मेदवारको बिषयमा खासै केहि चर्चा नभएपनि अब भने उम्मेदवार चर्चा शुरु भएको छ । आफु निकट पार्टीले कसलाइ उम्मेदवार बनाउला भन्ने चासो पुर्वक हेरिन थालेको छ । नेकपाबाट अध्यक्षमा राजेन्द्र ढकाल, बिमल खतिवडा र गोपाल गुरागाइ आँकाक्षी रहेको बताइन्छ । तीनमध्ये एकजना उम्मेदवार बन्ने निश्चित रहेको बताइन्छ ।
यता काँग्रेस निकट ब्यवसायीमा गोकुल श्रेष्ठले दाबी गरेको अवस्थामा उनि हुने निश्चित रहेको बताइन्छ । उनि ब्याक सरेको अवस्थामा प्रकाश प्रशाइ मैदानमा आउने ब्यवसायीमाझ चर्चा छ । नेकपाको उम्मेदवार हेरेर काँग्रेस अघि बढ्न सक्ने बताइन्छ ।











