काठमाडौं । नेपालका लागि भारतीय राजदूत मनजीभ सिंह पुरीले राजनीतिक भेटघाटलाई सुरु गरेका छन् । अाइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू अाफ्नो ओहदाको प्रमाणपत्र बुझाएका राजदूत पुरीले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनको पहिलो शिर्ष भेट हो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा नेपाल-भारतको आपसी हितका विषयमा कुरा भएको अध्यक्ष ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तरता र आपसी हितका कुरा भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । अध्यक्ष ओलीले नेपाली जनताको लोकतान्त्रिक सङ्घर्षबाट प्राप्त संविधानसभाबाट जारी संविधान कार्यान्वयन र जनतालाई अधिकार दिलाउन आफूहरु लागिपरेको बताउनुभएको थियो ।
भारतीय राजनदूतको पहिलो भेट नै ओलीलाइ
सवाल नेपालसंवाददातासोमबार, १२ चैत २०७३

भारतीय राजनदूतको पहिलो भेट नै ओलीलाइ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



