मोरङ । उर्लाबरी नगर्पालिका ४ स्कुल डाँडामा बम फेला परेको छ । मोरङ प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गस्थित उर्लाबारी नगरपालिका–४ स्कुलडाँडामा प्रेसर कुकर बम फेला परेको छ। रातो कपडाले बेरेर राजमार्ग किनारमा राखिएको उक्त कुकरमा राखिएको बस्तु बम भएको हुनसक्ने भएपछि अहिले सो क्षेत्रमा नेपाली शेनाको टोली घटनास्थल गइसकेको छ ।

यसैगरी मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ शान्तिचोकमा प्रेसकुकर बम फेला परेको छ । प्रेसर कुकरमा राखिएको अबस्थामा बम भएको हुनसक्ने आशंका प्रहरीको छ । आज बिहान करिब साढे ३ बजेको समयमा बम राखिएको थाहा पाएपछि पुगेको प्रहरीले त्यहाँको जानकारी लिएको थियो । प्रेसरकुकरमा राखिएको बस्तु बम भएको हुनसक्ने भएपछि अहिले सो क्षेत्रमा नेपाली शेनाको टोली सो स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।