काठमाडौं । सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजाललमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् ।

महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३ वर्षीया कल्पना बस्नेत भुजेल हुन् । उनले फेसबुकमा अर्कै युवतीको फोटो राखी बनाएको ‘फेक आइडी’बाट कार्कीलाई प्रेमजालमा परेकी थिइन् । आफ्नो ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्ने भन्दै उनले कार्कीसँग पटक–पटक गरी साढे चार लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यही बिचमा कार्कीलाई अर्की एक युवतीको फ्रेन्ड रिक्वेस्ट आयो । उनले स्वीकार गरे उनको कुराकानी नयाँ युवतीसँग पनि हुन थाल्यो । कुराकानीकै क्रममा युवतीले आफू संगीता बस्नेत को घरबेटी भएको बताइन् । युवतीसँग उनी अझै नजिकिए । उनले आफू नो प्रेमकाका बारेमा अझै गहिरिएर सोध्न थाले । युवतीले पनि संगीता असल केटी भएको र विवाह गर्दा राम्रो हुन् सल्लाह दिन थालिन् ।

यसरी ठगिए कार्की

कार्की नेपाली सेनाका जवान हुन् । उनको काठमाडौंमै ड्युटी छ । अविवाहित उनी सामाजिक सञ्जालमा रमाउँदै थिए । यही क्रममा ‘संगीता बस्नेत’ नामको फेसबुक आइडीबाट ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । आइडीमा अपलोड फोटो आकर्षक थियो । एसेप्ट गर्नुपूर्व उनले आइडीको प्रोफाइल हेरे । प्रोफाइलमा केही फोटा देखिए । सबै आकर्षक थिए । उनले फ्रेन्ड रिक्वेस्ट स्विकारे । लगत्तै आइडीवालाले ‘हाई’ भन्यो । उनले जवाफ फर्काए ।

दुईबीच निरन्तर कुरा हुन थाल्यो । फोन नम्बर आदान–प्रदान भए । अब कुराकानी फोनबाट पनि हुन थाल्यो । दुईबीच अन्तरंगका सबै कुराकानी भए । कार्की युवतीसँग भिडियो कल गर्न चाहन्थे, तर, उनी सधैँ टारिरहन्थिन् । फेसबुक र फोनमा भने घन्टौँ गफिन्थे । यसवेलासम्म कार्की युवतीको प्रेममा परिसकेका थिए ।

उनले तिनै युवतीसँग विवाह गर्ने मनस्थिति बनाए । फोनबाटै युवतीसँग विवाहको प्रस्ताव गरे । युवतीले पहिलो प्रस्ताव नै सहर्ष स्वीकार गरिन् । कार्की युवतीलाई भेट्न चाहन्थे, तर उनी भने अनेक बहाना झिकेर भेट्न इन्कार गरिरहन्थिन् ।, नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।