१५ चैत । नारायणगढ-मुग्लिन सडक खण्ड आजदेखि ६ घण्टा वन्द हुने भएको छ । बर्षा अघिनै मूख्य काम सम्पन्न गर्ने लक्ष्यसहित स्तरोन्नतिको क्रममा रहेको खडक खण्ड ६ घण्टा बन्द हुने भएको हो । आयोजनाले यस अघिनै चैत १५ देखि सडकखण्ड दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वन्द हुने जनाएको थियो । तीव्र गतिमा काम सम्पन्न गर्न वन्द समय बढाएर ६ घण्टा पुर्याएको आयोजनाले जनाएको छ । यसअघि पनि दैनिक साढे चार घण्टा सडक बन्द हुने गरेको थियो । सडक खण्डलाई सन् २०१७ अप्रिल सम्ममा काम सम्पन्न गर्ने गरी चार लेनको सडक विस्तार भइरहेको छ । एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम दुई वर्षअघि सन् २०१५ को अप्रिलबाट सुरु भएको थियो । निर्धारित समय सकिनु एक महिना मात्रै बाकी रहदा आयोजनाको काम भने ४१ प्रतिशत मात्र सकिएको छ । नेपाल भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत विश्व बैंकको करिब तीन अर्ब रुपैया ऋण सहयोगमा विस्तारको काम भइरहेको छ । ३६ किलोमिटर लामो नारायणगढ-मुग्लिन सडकमध्ये ३३ किलोमिटरमा विस्तारको काम जारी छ ।
नारायणगढ-मुग्लिन सडक खण्ड आजदेखि ६ घण्टा वन्द हुने
सवाल नेपालसंवाददातामंगलबार, १३ चैत २०७३

नारायणगढ-मुग्लिन सडक खण्ड आजदेखि ६ घण्टा वन्द हुने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



