विष्णुप्रसाद पोखरेल
दमक/झापाको हल्दीवारी ३ जलथलमा बिद्यूतीय धरापमा एक हात्तीको छावा मरेको छ ।
रनकाली सामुदायिक वन कार्यलय अगाडि बिद्युत तारमा करेन्ट लागेर हात्ती मरेको बताईएको छ ।
बन कार्यालयले लापरवाही पुर्वक कार्यालय परिसरमा घेराबारामा बिद्यूत प्रवाह गरेर छाडेका कारण यो घटना भएको स्थानीय एक उपभोक्ताले जनाएकाछन् ।
धन्न मान्छे परेन नत्र ज्यान नै जाने रहेछ, ति उपभोक्ताले भने ।
बन कार्यालयको आसपासमा बिद्यूतीय धराप लगाउनुको कारणबारे अहिलेसम्म नखुलेको बताइन्छ ।
घटनास्थलमा प्रहरी र वन कार्यालयको टोली गइरहेको बताइन्छ ।










