हात्ति पाइले रोग बिरुद्धको औषधि घरघरमा लिएर आजबाट झापामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु आउदैछन् । राष्ट्रिय अभियान अन्र्तगत हात्तिपाइलेको औषधि ख्वाउने कार्य शुरु भइसकेको छ । बिडम्बना झापामा बिगतका बर्षहरुमा झापा जिल्लाकै सबैभन्दा कम अर्थात ४१ प्रतिशत दमकका जनताले मात्र यो औषधि खाएको लज्जाश्पद रिर्पोट सार्वजनिक भइसकेको छ । अनिवार्य रुपमा केहि तोकिएको बाहेक अधिकाँशले यो औषधि खानु पर्नेमा बुज्रुकहरुको बाहुल्यता रहेको दमकमा बिभिन्न भ्रममा परेर औषधि नखाने गरेको पाइएकाले यो बर्ष बिगतको जस्तो नहुने अनुमान गरिएको जिल्ला जन स्वास्थ्य कार्यालय झापाले जनाएको छ । २ वर्ष मुनीका बालबालिका, ७० वर्ष माथिका बृद्धबृद्धा र दीर्घरोगीले यो औषधी खानु पर्नेछैनपर्नेछैन । यो औषधी खाली पेटमा सेवन गर्न नहुने बताइएको छ । दमक अस्पतालकी डा.क्षमता घिमिरेका अनुसार यो सामान्य औषधि हो र अन्य बिरामी हुदा पनि कतिपय अवस्थामा यो औषधि सिफारीस गर्ने गरिन्छ । यो औषधिले सेवन गरेपछि कसैकसैलाइ पनि केहि समय असजिलो हुन सक्ने भएपनि केहि असर नगर्ने जनाइन्छ । घिमिरेले भनिन् ‘यो औषधी सेवन गरेपछि हात्तीपाइले रोगका किटाणु भएका मानिसलाई केही समयसम्म वाकवाकी लाग्ने, रिंगटा लाग्ने र ज्वरो आउने हुनसक्छ र त्यो केही समयसम्म मात्र हुनेछ । यसबाट आत्तिनु पर्ने र डर मान्नुपर्ने कुनै आवश्यकता छैन ।
दमकको इज्वत जोगाउनका लागि औषधि खाउ
सवाल नेपालसंवाददाताबुधबार, १४ चैत २०७३

दमकको इज्वत जोगाउनका लागि औषधि खाउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



