एक व्यक्तिले पूर्व प्रेमिकाको हत्या गरी लाशलाइ सुटकेसमा कोचेर कारमा राखे । हत्यापछि आफ्नो कारलाई द्रुत गतिमा चलाएर दुर्घटना गराएर आत्महत्या गरे । घटना मार्चको पहिलो हप्तामा अष्ट्रेलियाको सिड्नीमा भएको थियो । घटनामा ३२ वर्षीया दन्त चिकित्सक प्रिती रेड्डीको शव सुटकेशमा फेला परेको थियो । भारतीय मूलकी उनीमाथि धेरै ठाउँमा छुरा प्रहार भएको भेटिएको छ । घटनामा उनकै पूर्व प्रेमी हर्ष नरडे संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लाग्यो ।हर्ष पनि चिकित्सक हुन् । दुवै कुनै समय प्रेममा थिए । प्रिती घर नफर्किएपछि उनको खोजी गर्न परिवारले प्रहरीमा उजूरी गरेको थियो । हर्षको कारमा शव सुटकेशमा फेला परेको थियो । हर्षले कार दुर्घटनामा आफैलाई पनि सक्याए । राजमार्गमा कार दुर्घटना गराए । हर्ष प्रितीको प्रेममा पागल जस्तै थिए । उनी प्रितीलाई छाड्नै नसक्ने भए । प्रेमपागल बनेर पूर्व प्रमिकाको हत्या गरे । एजेन्सी
प्रेमपागल डाक्टरले पनि गरे आत्महत्या
पत्रपत्रिका संवाददातामंगलबार, १७ असार २०७६

प्रेमपागल डाक्टरले पनि गरे आत्महत्या
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?

यो पनि पढ्नुहोस् »
७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?
सोमबार, १७ वैशाख २०८१
७४ दिनसम्म पानीमुनि बसेर विश्व किर्तिमान
मंगलबार, २ जेठ २०८०
शीघ्र स्खलन के कारणले हुन्छ र कसरी कम गर्ने ? यस्ता छन् ७ उपाय, जानी राखौं
सोमबार, १३ चैत २०७९
मंगल ग्रहमा कुनै बेला सागर थियो
मंगलबार, ७ चैत २०७९
महामुर्ख जनकपुरका मेयर र ऋषि धमला पटमुर्ख: लगाइदिए करेलाको माला
बुधबार, २४ फागुन २०७९



