दमक/ प्रदेश एक सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवंम कानुन मन्त्री हिक्मत कार्कीले कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री शेरधन राइ अमेरीका भ्रमण हुने भएपछि उक्त जिम्मेवारी कार्कीले पाएकाहुन् ।
मुख्यमन्त्री राइले कार्यसम्पादन गर्दै आएको दैनीक प्रशासनिक कार्य राइ नआएसम्म सम्हाल्ने गरी कार्कीलाइ जिम्मेवारी दिइएको बताईएको छ ।
राइ अमेरीका जानका लागि काठमण्डौ गइसकेको र बिभिन्न कार्यक्रममा सहभागि भएर असार २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको बताईएको छ।











