विष्णुप्रसाद पोखरेल/ दमक/ दमकको बहुप्रतिक्षित योजना दमक भ्यू टावर बन्ने भएको छ । २ अरब भन्दा बढिको लगानीमा बन्ने भनिएको बहुआयमीक भ्यू टावरको टेण्डर स्वीकृत भएसंगै यो निर्माणको बाटो खुलेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा भएको एक कार्यक्रममा उक्त भ्यू टावरको नाम युवराज दाहाल बनाउन समेत सार्वजनिक रुपमा नै आग्रह गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहदा उनले भ्यू टावरका लागि मुख्य भुमिका निर्वाह गरेका थिए ।

दाहालको हेलिकप्टर दुर्घटनामा केहि समय पहिला निधन भएको थियो । उनकै सम्झनामा यसको नामकरण गर्न प्रधानमन्त्री ओलीको सुझाव थियो ।

https://www.facebook.com/275700246214455/videos/349674822367440/

दमक ३ बन्ने भ्यू टावरका लागि स्थानीयले निशुल्क जग्गाको ब्यवस्थापन गरेपनि लामो समयसम्म काम शुरु नहुँदा यसको तिब्र बिरोध भएको थियो ।

ओलीले शिलन्यास गरेको पनि केहि बर्ष वितिसकेको छ

। २ अरव २० करोडको लागत अनुमान रहेकोमा १ अरब ३८ करोड १८ लाख भन्दा बढिमा ठेक्का लागेको सार्वजनिक भएको छ । यो संगै स्थानीयहरु खुसि भएकाछन् ।

वडा नंं ३ का वडाध्यक्ष नविन बरालले निर्माण कम्पनी छनौट भएकाले अब काम अघि बढ्ने विश्वास रहेको जनाए ।