दमक/झापाको दमक र आसपासमा बिद्यूत झ्याप्पझुयाप्प हुँदा बिद्यूत उपभोक्ता आक्रोशित भएकाछन् ।
एकातिर बर्षा नभएका कारण मोटर चलाएर खेती गर्नु पर्ने अवस्थामा किसान हलो जोत्न छाडेर मोटर नजिकै बस्नु बाध्यता बनेको छ ।
अर्कोतिर अधिक गर्मीका कारण पंखा लगायत चलाउन समस्या हुँदा झनै सर्वसाधरणलाइ सास्ति हुने गरेको पाईएको छ ।
यसले इलोक्ट्रोनिक सामानहरु समेत बिग्रने खतरा बढेको छ ।
केहि दिनयता बिद्यूतमा यस प्रकारको समस्या रहेको उपभोक्ताहरु बताउछन् ।
पत्रकार विष्णु पौड्याल दैनिक काम र समाचार अपडेटमा नै अप्ठेरो पर्न थालेको सुनाउछन् ।










