दमक/दमकको बहुप्रतिक्षित झापा दमकमा बन्ने आधुनिक र सुविधा सम्पन्न मानिएको भ्यू टावरको जिम्मा जेसिडिआइइसी(आशिष(ओमसाई जेभीले पाएकाछन् । १ अर्ब ३८ करोड १८ मा जिम्मा पाएकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जेसिडिआइइसी चीनिया कम्पनी हो । नेपालको कम्पनीसंग मिलेर चीनिया कम्पनीले काम गर्ने जनाईएको छ । \

स्थानीयले ५ बिगाह जग्गा नेपाल सरकारलाइ उपलब्ध गराइसकेका छन् ।

पाँच बिगाहा क्षेत्रफलमा १८ तले भ्यू टावर बनाउने लक्ष्य रहेको र यो प्रधानमन्त्री केपी ओलीको सपना रहेको पनि बताइदै आएको छ ।

राष्ट्रिय महत्वको योजना भएकाले अब यसमा बजेट अभाव हुनेछैन ।

बढिमा तीनबर्षभित्रमा यो निर्माण सम्पन्न हुने जनाईएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना झापा चन्द्रगढीले यसलाइ हेर्नेछ । नगरपालिकाले सहयोग गर्ने बताइन्छ ।