दमक/झापाको दमक चोकमा केहिबेर अघि खतरनाक दुर्घटना भएको छ ।
ट्रक र टेम्पो एक आपसमा जुध्दा दुइजना गम्भिर घाइते भएकाछन् ।
टेम्पो र ट्रक एक आपसमा जुधेपछि घाइतेलाइ तत्कालै उद्धार गरेर लाइफलाइन अस्पताल दमक लगिएको थियो ।
यात्रु गौरादह १ की इन्दिरा चम्लागाइ र टेम्पो चालक दमकका २७ बर्षिय शिवकुमार सोरेन घाइते भएकाहुन् ।
उनिहरुको टाँउको तथा अनुहारमा चोट लागेकाले विराटनगर न्यूरो अस्पतालमा रेफर गरिएको बताइन्छ ।












