बिजुली तार मर्मत गर्ने क्रममा करेन्ट लागेर झापामा एक कर्मचारीको मृत्यु भएपछि अवरुद्ध बनेको बिद्यूत अझै आउन सकेको छैन ।
करेन्ट लागेर मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरणको नयाँ काबेली कोरिडोर पाडाजुंगी सब स्टेसनमा कार्यरतकमल गाँउपालिका केर्खाका ५५ वर्षीय प्रेमबहादुर खतिवडा रहेकाछन् ।
बिजुलीको तार मर्मतको क्रममा अर्को कर्मचारी हिक्मत कार्की गम्भीर घाइते भएका छन् । झापामा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको सिलगुढी पठाइएको बतार्ईएको छ ।
कमल गाउँपालिका ५ स्थित पाडाजुंगीको नयाँ काबेली कोरिडोर सब स्टेसनमा बिजुलीको तार सर्ट भई शनिवार बेलुका ८ बजेदेखि जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको थियो । त्यहि बनाउन उनि काम गर्दै गरेका थिए ।
घटना सामान्य नभएको र बिद्यूत अफ गरेर काम गरेको अवस्थामा करेन्ट कसरी प्रवाह भयोभन्दै आफन्तले आपत्ती जनाएपछि अहिले इलाका प्रहरी कार्यालय दमकमा छलफल भइरहेको छ ।










