विष्णुप्रसाद पोखरेल
दमक । कमल गाँउपालिका पाडाँजुगीस्थित कावेली करिडोर १३२ के.भी. प्रशारण लाइन आयोजन शव स्टेशनभित्र एक विद्यूत कर्मचारीको शनिबार राती करेन्ट लागेर मृत्यु भएको छ । घटनाको बिषयमा सत्यतथ्य छानबिन गर्नु पर्ने माग राखेपछि सर्वपक्षिय छलफलबसेर आवश्यक क्षतिप्ुर्ति दिलाउने र परिवारको एकजनाको रोजगारको ग्यारेन्टि गर्ने सहमति बनेपछि मृतकका परिवारले शव बुझेकाछन् ।
स्टेशनभित्र डिसि प्रणाली एक्कासी गएपछि स्वीच अफ सिटि स्पार गर्ने क्रममा कमल गाँउपालिका–३ बस्ने बिद्यूत प्राधिकरणको स्थायी कर्मचारी ५५ वर्षीय प्रेम खतिवडालाइ ३३ हजार भोल्टेज करेन्ट लागेको थियो । उहाँको उपचारका लागि लाइफलाइन अस्पताल दमक ल्याउदै गर्दा मृत्यु भएको र संगै त्यहाँ कार्यरत अर्का बिद्यूत कर्मचारी ४९ वर्षीय हिक्मत बुढा भने गम्भिर घाइते बनेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले बताउनु भयो । घाइते बुढाको भारतको सिलगुढीमा उपचार भइरहेको छ ।
स्वीचअफ गरेर काम गर्न जानु भएका खतिवडालाइ कसरी करेन्ट लाग्यो र यो लापरवाही भएको भन्दै पीडित परिवारले सत्यतथ्य छानबिन गर्न माग गरेपछि शनिबार बेलुकादेखि आइतवार साँझसम्म दमक, कमल गाँउपालिका र आसपासको क्षेत्रमा २० घण्टासम्म बिद्यूत अवरुद्ध भएको थियो । कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी लगायत गाँउपालिकाको टोली विहानै घटनास्थल आएर घटना विवरण जानकारी लिदै अस्वभाविक रुपमा भएको घटना छानबिन हुनु पर्ने माग गर्नु भयो ।
सिस्टम नै बिग्रेर पुरै अधेरो भएको अवस्थामा काम गरेको अवस्थामा कसरी एक्कासी बिद्यूत प्रवाह भएर करेन्ट लाग्यो भन्ने बिषयमा आफुहरु नै अन्योलमा परेको शव स्टेशन प्रमुख राजेन्द्र प्रशाइले बताउनु भयो । आफुले तीनदशकभन्दा लामो मसय बिद्यूतमा काम गर्दा पहिलो पटक डिसि समस्या भएर यस प्रकारको घटना भएको थाहा पाएको समेत उहाँको भनाइ रहेको छ । हामी घटनाको बिषयमा सुक्ष्म अध्ययन गर्छौ र यस्तो हुननदिनका लागि आवश्यक काम पनि गर्छौ, उहाँले भन्नुभयो ।
आइतवार इलाका प्रहरी कार्यालय दमकमा भएको सर्वपक्षिय छलफलमा बिभिन्न बुदामा सहमति भएको छ । गाँउपालिका अध्यक्ष काफ्ले सहित जनप्रतिनिधि, पीडित परिवारका आफन्त र बिद्यूत प्राधिकरणका कर्मचारीहरु सहित छलफल पछि बिभिन्न बुदामा सहमति पुगेर समस्या सामधान भएको बताईएको छ ।
घटनाको बिषयमा निष्पक्ष छानबिन समिति बनाएर छानबिन गर्ने, आवश्यक क्षतिपुर्ति र कानूनले दिने सेवा सुविधा चाँडो उपलब्ध गराउने, एकाघरको परिवारलाइ रोजगारको ब्यवस्था गर्ने र आँउदा दिनमा यस्ता घटनाहरु घटना नदिनका लागि आवश्यक सावधानी अपनाउनका लागि कार्य गर्नेजस्ता लिखित सहमति भएपछि पीडित परिवार शव पोष्टमाटम गरेर दाहसंस्कारका लागि राजि भएको थियो ।










