विष्णुप्रसाद पोखरेल

दमक । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले आफुहरुले समाजमा भेदभाव र लाञ्छना भोग्न बाध्य रहेको र आफुहरुको विवाहलाइ अझै पनि मान्यता नदिएको बताएकाछन् । उनिहरुले स्वतन्त्रापुर्वक जिउने र आफुले चाहेजसरी बस्न पाउने हकको शुनिश्चित गरिनु पर्ने मागसमेत अघि सारेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यौनिक तथा लैङ्गिक अल्पसंख्यहरुको क्षेत्रमा पुर्वी नेपालमा कार्यरत लिड नेपालले शुक्रबार दमकमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । सोहि अवसरमा समलिङ्गी विवाह गरेका दुइजोडी खुलेका पनि थिए । पुरुष पुरुष र महिला महिलाबीच हुने विवाहलाइ समलिङ्गी विवाह भनिने गरेको छ ।

लिड नेपालका अध्यक्ष शुशिल पौड्यालले आफुहरुले एकदशक अघि देखि जोखिम मोलेर यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुको अधिकारको कुरा उठाएको र अहिले उनिहरु खुल्ने क्रम शुरु भएको बताउनु भयो । सहज भने अहिले पनि छैन र भेदभाव समाजमा कायमै रहेको छ, उहाँले भन्नुभयो ।

समान लिङ्ग (समलिङ्गी )का व्यक्तिहरु बीचको बिवाह र उनिहरुको वैवाहिक अवस्थाका सम्बन्धमा सम्भव भए अन्य राष्ट्रका कानुनी व्यवस्था समेत अध्ययन गरी नेपाल सरकारले आवश्यक निर्णय गरी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले २०६४ साल पुष ६ गते आदेश दिएको थियो ।

लिड नेपालकी कार्यक्रम संयोजक चञ्चला सुब्बाले आफु नै समाजबाट बारम्बार अपहेलित हुँदै आएको र आफुले समेत आफ्नो प्रकृती अनुसारको नागरिकता नपाएको गुनासो गर्नु भएको छ । हामी पाइलापाइलामा अपहेलित बनेका छौ र हाम्रो विषयमा कसैले पनि गम्भिर रुपमा लिएको छैन, उहाँले भन्नुभयो । सर्वोच्च अदालतको फैसलाको समेत एकदशह नाघ्दा पनि कार्यन्वयन नभएको गुनासो उहाँको छ ।

https://www.youtube.com/watch?v=Uj7VbpVbJZk

तत्कालिन अवस्थामा निलहिरा समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अधिकारको प्रत्याभुत तथा समलिङ्गी विवाहलाइ मान्यता दिनका लागि ‘उत्प्रेषण, परमादेश, प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाऊँ’ पनि रिट हाल्नु भएको थियो ।

आफुले पनि समाज तथा परिवारबाट लाञ्छना भोग्नु परेको झापा गौरादहकी नतशा चक्रवतीले बताउनु भयो । यौनिक क्रियाकलापलाई अप्राकृतिक भनी समलिङ्गी र तेश्रो लिङ्गीहरुको लैङ्गिक पहिचान र यौन अभिमुखीकरणलाई अस्वीकार गर्न सकिने अवस्था हुनु हुदैन, उहाँले भन्नुभयो ।

जब कुनै पनि व्यक्तिले आफ्नो स्वअनुभूति अनुसारको लैङ्गिक पहिचान हासिल गर्दछ तत्पश्चात उसको जैविक लिङ्ग के हो ? निजले कस्तो यौन साथी रोज्नु पर्ने हो, कस्तो व्यक्तिसँग बैवाहिक सम्बन्ध कायम गर्नुपर्ने हो भन्ने कुराको निर्धारण अरु व्यक्ति, समाज, राज्य वा कानूनले गरिदिने होइन भन्ने यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले कुरा उठाएकाछन् ।

यो नितान्त रुपमा त्यस्तो व्यक्तिको वैयक्तिक आत्मनिर्णयको अधिकार अन्तर्गत पर्ने हो, लिड नेपालका अध्यक्ष पौड्यालले भन्नुभयो । अहिले समलिङ्गी विवाह गरेको दुइ जोडी दमकमा खुलेर आएको र कानूनी रुपमा यो ब्यवस्था भएमा अहिले लुकेकाहरु आउने क्रम बढ्ने पनि उहाँको भनाइ थियो ।

झापाका रुपक गिरी र काठमण्डौका अनुभव रेग्मीले आफुहरुको दूइ बर्ष अघि फेसबुकमा जोडिएको बताउनु भयो । कुरा गर्दै जाँदा भावाना मिलेकाले विवाह गर्ने निर्णय गरी विवाह गरेको उहाँहरुको भनाइ छ । अहिलेपनि हामी आफन्त र छरछिमेकमा घुलमिल हुन सकेका छैनौ, उहाँहरुले भन्नुभयो । हामी जुनीजुजी संगै बाँच्ने पनि कसम खाएको उहाँहरुको भनाइ रहेको थियो ।

https://www.youtube.com/watch?v=Uj7VbpVbJZk