दमक/मावा र रतुवा खोलाको बीचमा रहेका दमक सधै बाढीको उच्च जोखिममा रहेको छ ।

सानो पानी पर्दा भनै सडकहरु भेल बग्न अवस्था आउने दमकमा लगातरको बर्षाले घरहरु डुबानमा पर्न थालेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दीपेनी खोलालाइ ढल बनाइएका कारण आसपासको क्षेत्रमा अहिले पोखरीमाथि घर बसेजस्तो अवस्था सिर्जना भएको छ ।

अधिकाँश घरहरु डुबानमा परेकाछन् । विद्यालयहरुको अवस्था पनि बेहाल रहेको छ ।

रतुवा र मावा खोलाको केहि भाग तटबन्धन गर्न बाँकी रहेकाले तटबन्धन नभएको क्षेत्रबाट पानी पसेको छ ।

दमकको बसपार्क, पशुहाट क्षेत्र पनि डुबानमा रहेकाछन् । दमकको मुख्य गणतन्त्र चोक आसपासको क्षेत्र पनि पानीमय भएको छ ।

झापामा मनसुनि वर्षा शुरु भएको र स्थानिय नदिनाला तथा खोलाहरुमा वाडी आइ जनधनको क्षति गर्न सक्ने सम्भावना उच्च भएकोले सम्भावित विपदवाट हुनसक्ने क्षति कम गर्न उच्च सतर्कता अपनाइ तत्कालै मानविय सहायता तथा राहतका लागि जुट्न सवै सुरक्षा निकाय तथा स्थानिय तहहरु एवम् विपद क्लष्टरमा रहेका सवै निकायहरु एक आपसि समन्वयमा रहि २४ सै घन्टा तयारी हालतमा वस्ने जिल्ला बिपदु ब्यवस्थापन समितिले निर्देशन दिइसकेको छ ।