विष्णुप्रसाद पोखरेल

दमक / बुधबारदेखि शुर भएको अविरल बर्षाले सयौ घरहरु डुबानमा परेकाछन् । झापाको दमकमा मात्र ३ सय भन्दा बढि घरहरु डुवानमा परेको बताईएको छ । दीपेनी खोलामा भएको अतिक्रमण र सडकमा ढल निकासको प्रवन्ध नभएका कारण दमकका मुख्य बजार क्षेत्र नै डुवानमा परेको पाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारी दमक अस्पतालको परिसरसमेत जलमग्न बनेको छ । इमरजेन्सिभित्र नै पानी पसेकाले काम गर्न समस्या भएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले बताएकाछन् । ल्याव भएको भवनसमेत जलमग्न भएपछि सेवाग्राहीहरुलाइ सेवा लिन धेरै नै समस्या भएको स्वास्थ्यकर्मीहरुले जनाएकाछन् । भिजेर निर्धुक्क भएर काम गर्नु परेको छ, एक स्वास्थ्यकर्मीले भन्नुभयो ।

दमकको एक नम्बर वडा सबैभन्दा बढि डुबानमा परेको छ । मामाचोक, फाल्गुनन्द चोक डुबानमा परेको हो । यहाँका घरहरुबाट मानिसहरु बाहिर निस्कन समेत मुश्किल रहेको देखिन्थ्यो । पीच सडकमा दिनभर पानी बगेका थियो । पसलहरुमा पानी पस्दा ब्यापारीहरुको ठुलो क्षति भएको जनाईएको छ ।

यसैबीच जिल्ला बिपद ब्यवस्थापन समिति झापाले बाढीबाट अति प्रभावित रहने नगरपालिका तथा गाँउपालिकाहरुलाइ समयमा नै उद्धारका लागि डुड्डा र यसलाइ जलाउन जान्ने मानिसको ब्यवस्था गर्न निर्देशन दिएको छ । पौडी खेल्न जान्ने र डुङ्गा चलाउने जान्ने प्रहरीहरुको लगत लिएर उनिहरुलाइ तयारी अवस्थामा राख्न पनि निर्देशन दिईएकोछ, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयो ।

एकदेखि दुइमहिनासम्मलाइ डुड्डा चलाउन जान्ने ब्याक्तिलाइ तलवी रुपमा नै चौबीसै घण्टा तयारी अवस्थामा राख्नका लागि जिल्ला विपद ब्यवस्थापन समितिले नगरपालिका तथा गाँउपालिकालाइ निर्देशन दिएको थियो । जिल्ला प्रहरी कार्यालय झापा तथा शसस्त्र प्रहरी वल नेपाल गण हेड क्वाटर नम्वर २ झापालाइ उद्धारका लागि आवश्यक बन्दोबस्ति सहित तयारी रहन निर्देशन दिईएको छ, दाहालले भन्नुभयो । झापाको कन्काइ, विरिड्ड, मेची, रतुवा, मावा लगायतका खोलाहरुमा पानीको सतह बढ्दै गएको छ ।