तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ। वर्षाले झापाका नदी तथा खोलामा पानीको सतह बढेपछि शनिबार बेलुकासम्म जिल्लामा दुई बालकको मृत्यु भइसकेको छ भने खोलाले बगाउँदा एकजना बेपत्ता भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ जानकारी दिए।
मृत्यु हुनेमा दमक नगरपालिका १० स्थित भालुखोलाको कल्भर्टमा खेल्ने क्रममा बगाउँदा मृत्यु हुनेमा दमक नगरपालिका १० बस्ने मामा लोकेन्द्र भण्डारीको घरमा बस्दै आइरहेकी सङ्खुवासभा चैनपुर नगरपालिका ७ फलाटे बस्ने पुनम न्यौपानेको छोरी एलिजा न्यौपानेको शुक्रबार मृत्यु भएको हो। त्यस्तै शनिबार शिवसताक्षी ५ सालमारास्थित बनियानी खोलामा खेल्ने क्रममा उनलाई खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका १० स्थित सानडाँडा बस्ने देवीप्रसाद चापागाईँको ९ वर्षीय छोरा सौगात चापागाईँको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।










