दमक/झापाको दमक २ को बस्तिमा गयराती जंगली हात्ती आएपछि स्थानीयहरु त्रसित भएकाछन् ।

मध्यरातमा हात्ती गाँउ छिरेपछि स्थानीयहरु जागै बसेको वडा नं. २ का वडाध्यक्ष प्रजापती सापकोटाले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको घरमा हात्तीले क्षति पुर्याएको छ ।

केहि समययता वडा नं. २ र ३ हात्तीको चपेटमा परेको छ ।

नजिकै रहेको हम्सेदुम्से सामुदायिक बनमा दिउसो रहने हात्ती बेलुका आहाराको खोजीमा बाहिर निस्कने गरेको बताइन्छ ।