दमक/ झापाको दमक बहुमुखि क्याम्पस प्रमुखमा डा. नेत्रबहादुर बुढाथोकी चयन भएकाछन् । उत्तम भट्टराइले राजिनामा दिएको करिब दुइ महिनापछि बल्ल क्याम्पस प्रमुख नियुक्ति भएको पाईएको हो ।
क्याम्पस सञ्चालक समितिको आइतवार विहान बसेको बैठकले डा. बुढाथोकीको नाम अनुमोदन गरेको र आजबाट क्याम्पसले प्रशासकीय प्रमुख पाएको एक सञ्चालक समिति सदस्यले जानकारी दिएकाछन् ।










