काठमाडौं – चीनको पूर्वी भागमा रहेको वेनलिङमा ली थर भएका एक व्यक्ति पाँचौं तल्लाबाट हाम्फालेका छन् । पत्नीले एक वर्षीय छोरालाई मात्र ध्यान दिने गरेको भन्दै उनी ईर्ष्याले जलेर झ्यालबाट हाम्फालेका हुन् । शनिवार पत्नीसँग झगडा परेपछि उनले हाम्फालेका थिए । पत्नीले ‘म बाहिर गएको बेलामा तिमीले छोरालाई ध्यानै दिएनौ’ भनी झगडा गरेपछि उनी हाम्फालेका थिए ।

भाग्यवश उनी तेस्रो तल्लामा रहेको छिमेकीको बाल्कोनीमा लडे । उनलाई कुनै चोटपटक लागेन । गत वर्ष छोरा जन्मेदेखि पत्नीले आफूलाई निरन्तर बेवास्ता गरेको उनको भनाइ छ । भवनबाट हाम्फाल्दा बाँचेपछि ती व्यक्ति नजिकैको पानी ट्यांकीमा गएर डुब्न खोजे । अनि उनकी पत्नीले प्रहरीलाई खबर गरिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अधिकारीहरूले उक्त क्षेत्रमा खोजी गर्दा ली अचेत अवस्थामा पानीमा रहेको देखे । उनलाई तत्कालै अस्पताल लगिएको र उनको स्वास्थ्य अवस्था ठीक रहेको ताइचो इभिनिङ न्युजले लेख्यो । चेन थर गरेकी पत्नीले पति रक्सी पिइरहेको र उनले आत्महत्याको प्रयास गर्नुअघि झगडा गरेको बताइन् । पति भवनबाट हाम्फालेपछि पत्नीले उनलाई लिन गएकी थिइनन् किनकि उनी छोरालाई छोडेर जान चाहन्नथिइन् । त्यसले गर्दा ली झनै रिसाएर पानी ट्यांकीमा हाम्फाल्न पुगे ।

https://video.dailymail.co.uk/preview/mol/2019/07/18/7165902071568904241/636x382_MP4_7165902071568904241.mp4