दमक/ दमक बहुमुखी  क्याम्पसको प्रमुखमा डा.नेत्रबहादुर बुढाथोकी नियुक्ति भएपछि बिबाद शुरु भएको छ ।

उत्तम भट्टराइले राजिनामा दिएपछि नयाँ प्रमुख छान्ने बिषयमा रस्साकस्सि चल्दै आएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्यालयको सञ्चालक समितिले क्याम्पस प्रमुख छान्नको लागि अम्बिका खनालको संयोकत्वमा समिति बनाएको थियो ।

तर समितिले सर्वसम्मत क्याम्पस प्रमुख छान्न नसकेको बताइन्छ ।

सञ्चालक समितिले नेकपा निकट खनाललाई संयोजक बनाएर अरु अन्य पार्टीका सदस्यहरु बनाएपछि समितिमा खनाल एक्लो भएको बताइन्छ ।

बुढाथोकीको नाम बहुमतले ल्याएपछि खनालले यसमा असहमति जनाएको श्रोतको भनाइ छ ।

संयोजकले नचाहादा नचाहादै पनि सञ्चालक समितिमा बुढाथोकीको नाम आएपछि उनलाइ आइतवार बसेको सञ्चालक समितिले क्याम्पस प्रमुख नियुक्त गरेको बताइदै आएको छ ।

उनले सोमबारदेखि कार्यभार समालेकाछन् ।

क्याम्पस प्रमुख सिफारिसको लागी खनालको संयोजकत्वमा कांग्रेसबाट ढुण्डीराज भण्डारी, राप्रपा बाट बासुदेव भट्टराई, जनमुक्तिबाट मोहन धिमाल र नेकपा क्रान्तिकारीबाट लोमनाथ भण्डारी सदस्य रहेको समिति बनेको थियो ।

जेष्ठताको आधारमा ईन्दिराज पौडेललाई क्याम्पस प्रमुख नियुक्तिको अडानमा खनाल रहेका थिए । त्यहि भएर सर्वसम्मत रुपमा नाम सिफारीस भएको थिएन ।

नेकपालाइ दमकमा कमजोर सावित गर्न अन्यले जेष्ठतामात्र आधार नहुने भन्दै विरोध जनाएका थिए । पौडेलले काँग्रेस छाडेर नेकपा प्रवेस गरेकाले काँग्रेस बिच्किएको थियो ।

दुइवटा प्राध्यापक संगठनका इकाइहरुले यसलाइ सच्याउन माग गरेकाछन् ।

क्याम्पसको बिधान र प्रचलित मान्यता बिपरीत क्याम्पस प्रमुख नियुक्त भएको भन्दै प्रगतीशिल प्राध्यापक संगठन नेपाल र नेपाल राष्ट्रिय प्राध्यपक संगठन एकाइ दमक बहुमुखी क्याम्पसले यसलाइ सच्याउन माग गरेको हो ।