काठमाडौं – बेलायतको डेभोनमा रहेको प्लाइमाउथमा एक व्यक्तिले डाइनोसरको परिधान लगाएर भागेको भिडियो कारको ड्याशक्यामले खिचेको छ । ३० सेकेन्डको क्लिपमा प्रागैतिहासिक जनावरको लुगा लगाएर ती व्यक्ति कुदिरहेका देखिन्छन् । चार्ल्स क्रस प्रहरी टोलीले यस रमाइलो क्षणको भिडियो ट्वीट गर्यो ।
डाइनोसर किन सडकमा कुदिरहेको थियो भन्ने थाहा हुन सकेको छैन तर प्रहरीले उसलाई पक्राउ गर्न सफल भएको थियो । डेभोन प्रहरीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
https://video.dailymail.co.uk/preview/mol/2019/07/22/4787967148080647752/636x382_MP4_4787967148080647752.mp4
एजेन्सी










