पथरी, चैत २/ विरेन्द्रनगर क्रिकेट क्लबले आगामि आइतबारबाट संचालन गर्न लागेको माता महालक्ष्मी अण्डर १९ इमर्जिङ कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । ‘युवा खेलाडीलाई अवसर, दुर्व्यसन नियन्त्रणमा युवाको भर’ भन्न मुल नाराका साथ प्रतियोगिता संचालन गर्न लागिएको क्लबका अध्यक्ष राजेश कुईकेलले जानकारी दिए । ‘ क्रिकेटमा प्रतिभा भएर पनि स्थान नपाएका यूवा खेलाडीहरुलाई अझ अघि बढ्ने अवसर मिलोस भन्ने क्लबको चाहाना हो ’ कुईकेलले भने । उनले युवा पुस्तालाई खेलको माध्यमबाट दुर्व्यसनबाट टाढा राख्ने प्रयास समेत रहेको बताए । विरेन्द्रनगर क्रिकेट क्लबमा आवद्ध तथा त्यस आसपासका १९ वर्ष मुनिका खेलाडिहरुलाई समेटर गर्न लागिएको प्रतियोगिताको विजेता टोलीलाई नगद १० हजार रुपैयाँ सँगै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने प्रतियोगिता संयोजक मुकेश राईले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्समेर र उत्कृष्ट फिल्डरका साथै हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गर्ने राईले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शनग गर्ने खेलाडीहरुलाई सिनियर टोलीमा सहभागिता गराउने क्लबका खेलकुद उपसमिति संयोजक दिलिप अधिकारीले बताए । आइतबार बाट सुरु हुने प्रतियोगिता विहीबार सम्म संचालन हुनेछ ।
अण्डर १९ इमर्जिङ कप टी ट्वान्टी क्रिकेट
सवाल नेपालसंवाददाताशुक्रबार, २३ चैत २०७३

अण्डर १९ इमर्जिङ कप टी ट्वान्टी क्रिकेट
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



