दमक/हिजो झापाको दमक दुर्गा मन्दिर पछाडी भएको ग्याङ फाइटमा संलग्न ९ जनालाइ प्रहरीलाइ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाका अनुसार अन्यको खोजी कार्य जारी रहेको छ ।
ग्याङ फाईट हुँदा एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाईते भएका थिए । दमक वडा नम्बर १ दुर्गामन्दिर पछाडी भृकुटी टोलमा २५ देखि ३० जनाको समुहका रहेका युवाहरुको दुई समुह विच झगडा हुँदा छुरा प्रहार बाट दमक वडा नम्बर २ का १९ बर्षिय विक्रम लिम्बुको मृत्यु भएको थियो। घटनामा परि अन्य दुई युवा घाईते भएका छन् । दमक २ का बिक्रम भण्डारी र दमक ३ का सुजन भुजेलको उपचार भइरहेको छ ।










