दमक/झापाको कमल गाँउपालिका वडा नं. ५ स्थित आइतेवारेमा बिद्यूत लापरवाहीका कारण एकको मृत्यु भएको छ ।

स्थानीय काजीबहादुर जोशीको करेन्ट लागेर मृत्यु भएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिजूलीको पोललाइ अड्याउनका लागि लगाईएको तारमा करेन्ट लिक भएका कारण त्यहाँ बाट करेन्ट प्रवाह हुँदा ६४ बर्षिय जोशीको मृत्यु भएको बताइन्छ ।

अहिले मृतकका आफन्तहरु इलाका प्रहरी कार्यालय दमकमा गएर घटनाको छानबिन गर्नका लागि माग गरिरहेकाछन् ।