झापा दमक नगरपालिका- १ दुर्गा मन्दिर पछाडी ग्याङ फाईट हुदा स्थानीय १८ बर्षिय बिक्रम लिम्बुको मृत्यु भएको छ । हिजो दिउसो पउने ४ बजे उक्त स्थानमा पुरानो रिसिवीको कारण  घटना भएको प्रहरीको भनाइ छ । २ जना घाइतेछन् । ५ महिना अघिदेखि नै उनिहरुबीच बेलामौका बिबाद चल्दै आएको बताइन्छ ।

दुई समुह बिच ग्याङ फाईट भई छुरा हाना-हान हुदा छुरा प्रहारबाट घाईते भएका लिम्बुको उपचारका क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको  थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाईते भएका सुजन भुजेलको सोहि अस्पताल र सरोज भण्डारीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। ग्याङ फाईटमा संलग्न ९ जनालाइ पक्राउ गरी अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । फोटो गुगल