मित्रहरु

हाम्रो पार्टी नेकपाको कार्यबिभाजनका सन्दर्भमा सामाजिक संजालमा यहाँहरुले मलाई दिनुभएको बधाई र शुभकामनाप्रति मेरो ध्यानाकर्षण भएको छ । त्यसका लागि सबैप्रति धन्यवाद र आभार ब्यक्त गर्दछु ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टीकामको जिम्मेवारीको टुङ्गो लागिसकेको छैन र मेरो जिम्मेवरीको औपचारीक जानकारी मलाई सुचित गरिएको छैन ।

पार्टीको कुनै पनि जिम्मेवारी सानो वा ठूलो भन्ने हुँदैन यो मेरो बिश्वास हो ।

जिम्मेवारी ब्यक्तिको योग्यता, क्षमता र उसको रुचीका आधारमा हुनुपर्दछ र निर्णय र मापदन्ड पारदर्शी होस् भन्ने मेरो मान्यता छ ।

सबैभन्दा अप्ठ्यारो, जोखिम र चुनैतीपूर्ण जिम्मेवारी मलाई दिन र त्यसबाट मेरो परिक्षा लिन् पार्टीका अध्यक्षद्वयलाई मेरो अनुरोध छ ।

धन्यवाद ।