विष्णुप्रसाद पोखरेल/ दमक/ झापाको दमकमा केहि दिन अघि भएको ह त्याको घ टनामा १२ बर्षिय एक वालक पनि संलग्न रहेको र उनि नै मुख्य अभियुक्त रहेको बताईएको छ । छु रा प्रहा रबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृ त्यु भएको थियो । सोही वडाका १८ वर्षीय सुजन भुजेल र दमक–३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका थिए । इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाका अनुसार ति बालक पक्राउ परेकाछन् । बालबालिकाको मनोबिज्ञानलाइ अभिभावकले बुझ्न नसक्दा र आकस्मिक रुपमा आवेगमा आएर उक्त घटना घटेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी श्रोतको भनाइ छ ।
गत फागुपुर्णिमाको दिन देखि शुरु भएको बिबाद बिचबिचमा समेत बारम्बार परेको र त्यहि बिषयले नै ह त्यासम्मको घटना भएको बताइन्छ । घटना हुनुभन्दा अघि समुहमा अस्वभाविक ब्यवहार तथा झै झगडा हुँदा स्थानीयले खबर नगर्दा यो अवस्था आएको पनि बताइन्छ । दमक १ दुर्गा मन्दिर छेउमा घटना भएको थियो । घटनामा २५ भन्दा बढि संलग्न रहेको र एकदर्जन बालबालिकाहरु पक्राउ परेको प्रहरीको भनाइ छ । सोहि दिन १८ बर्षमुनिका बालबालिकाहरु पक्राउ परेका थिए ।











