विष्णुप्रसाद पोखरेल दमक/झापाको पुरानो मध्येको एउटा गौरादह वडा नं. १ बीच बजारमा रहेको गुन्द्री बजार बहुआयमिक नमुना हाटबजार तथा पार्कमा परिणत भएको छ । सातामा दूइपटक आइतवार र विहिबार हाट बजार लाग्ने र बाँकी ५ दिन पार्कको रुपमा यसलाइ आन्तरिक तथा बाहिरी पर्यटक घुम्ने स्थलको रुपमा निर्माण गरिएको वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताउनु भयो ।
फुलबारी सहितको आधुनिक हाटको रुपमा निर्माणको काम अन्तिम चरणमा पुगेसंगै गुन्द्रि बजार विस्थापित बनेको छ । आकर्षक स्टलहरु सहित भुइमा इन्टरलक टायल बिछ्याईएको छ भने बोट विरुवा र फुलहरु समेत बढ्दै गएकाछन् । अध्यक्ष भण्डारीका अनुसार अहिलेसम्म प्रदेश सरकारको ९९ लाख र नगरपालिकाको ३० लाख रुपिया खर्च भएको छ ।
अझै हिड्ने सडकमा इन्टरलक टायल, यहाँ भित्रको दुर्गा र हनुमान मन्दिरलाइ आकर्षक बनाउने, गौरादहको पोखरीको प्रतिक बनाएर गाइले पानी खाइरहेको प्रतिमा निर्माण समेत तीन महिनाभित्रमा पुरा गर्ने लक्ष्य रहेको जनाईएको छ । यसका लागि थप २१ लख रुपिया बजेट बन्दोबस्त भइसकेको उहाँले जनाउनु भयो ।
करिब १३ कठ्ठा जमिनमा दुइतर्फी गरेर ९८ वटा ब्यवस्थित स्टल रहेकाछन् । स्टल बाहेक बीचमा समेत अन्य पसलहरु राख्न दिईएको छ । अहिले पुरानोगुन्द्रि बजार भनिएको स्थलमामात्र दुइसयभन्दा बढि पसलहरु अटेको बजार ब्यवस्थापन समितिका अध्यक्ष खड्ग थापाले बताउनु भयो । यहाँ द्ुइदिन हाटलाग्छ र बाँकी दिन पार्कको रुपमा यसलाइ चलाउछौ, थापाले भन्नुभयो ।
फुटपाथ, फुलवारी, अन्डरग्राण्ड ड्रेन, आकर्षक बत्ति र सिसि टिभी लगायतले बजार ब्यवस्थित भएको थापा बताउनु हुन्छ । बि.स. २०१२ सालदेखि यहाँ हाट लाग्दै आएको स्थानीयहरुको भनाइ छ । पहिलो पटक परम्परागत हाट ब्यवस्थित भएको भन्दै स्थानीयले खुसि पनि प्रकट गरेकाछन् ।
स्थानीय दुर्गा आचार्यले अहिले बजार आँउआँउ लाग्ने भएको बताउनु भयो । थान कपडा एकातिर, रेडिमेट कपडा अर्कातिर, जुत्ताचप्पल बेग्लै, अन्य चुरापोतेका पसलहरु अर्कै ठाँउमा रहदा जसलाइ जे चाहिएको हो त्यहाँ जान सक्ने भएको उहाँले जनाउनु भयो । यस्तो बन्छ जस्तो लागेको थिएन तर धेरै राम्रो बनेको छ, उहाँले भन्नुभयो ।
शब्जि बजारका लागि भने कुनै ब्यवस्था नहुँदा हाटको दिन सडकमा नै शब्जि बजार लाग्दै आएको छ । कुहिने र बिग्रने किसिमका सामाग्रि भएकाले नयाँ बनेको बजारमा राख्न नसकिएको वडाध्यक्ष भण्डारीले जनाउनु भयो । बजारमात्र नभएर पर्यटकीय स्थल पनि भएकाले सफाइलाइ पनि ध्यान दिएर त्यो बेग्लै रहनुपर्छ भन्ने लागेको हो, भण्डारीले जनाउनु भयो । हामी शब्जि बजारको ब्यवस्थापनको बिषयमा पनि गम्भिर रुपमा नै विकल्प खोजिरहेका छौ, उहाँको भनाइ छ ।
गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले गौरादह बजार नगरपालिकाको पहिचानको रुपमा नमुना बजार बनेको बताउदै अन्य पुराना बजारहरुको समेत ब्यवस्थापन र पुननिर्माणमो चालु आर्थिक बर्षमा बजेटको ब्यवस्था गरिएको बताउनु हुन्छ । पुराना सबै हाटबजारहरुलाइ ब्यवस्थित गरिदै लैजाने गरी कार्यक्रम ल्याएका छौ, शाहले भन्नुभयो । यसले आन्तरिक उत्पादनलाइ बजार प्रवद्र्धनमा सहयोग पुग्ने आफुहरुको अपेक्षा रहेको पनि शाहले जनाउनु भयो ।










