दमक/झापामा एक बालक मृत भेटिएकाछन् । अर्का एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले पठाएको विवरण यस्तो छ-
झापा बाह्रदर्शी गा.पा २ बस्ने रोहित मलिक डुमको छोरा वर्ष ११ को सागर मलिक डुम र ऐ बस्ने सन्तोष मलिक डुमको छोरा वर्ष १२ को बादल मलिक डुम दुबै जना घरबाट साईकलमा खेल्न भनी हिडेकोमा ऐ. २ स्थित रहेको घाग्रा खोलाको किनारमा निजहरुको साईकल र लगाएको कपडा फेला परेको हुँदा खोत गर्ने क्रममा जि. झापा बाह्रदर्शी गापा १ सिप्ताबारी नजिक बिरीङ खोलामा (साईकल तथा कपडा फेला परेको स्थान भन्दा ८/९ किमि दक्षिण) मिति २०७६।०४।१४ गते ०८:४० बजे रोहित मलिक डुमको छोरा वर्ष ११ को सागर मलिक डुम मृत अवस्थामा फेला परेको, सन्तोष मलिक डुमको छोरा वर्ष १२ को बादल मलिक डुम फेला नपरेको हुँदा खोत कार्य भई रहेको, कानुनी प्रकृयाको लागि जि.प्र.का.झापाबाट SOCO प्रहरी टोली खटि गएको ।










