दमक/झापाको दमकमा गयराती कुकरबम बिस्फोट भएको छ । दमक ५ स्थित एनसेल सेन्टरलाइ लक्षित गरेर बम विस्फोट गराएको पाईएको प्रहरीले जनाएको छ ।

सानो कुकर कच्याककुचुक अवस्थामा एनसेल टावरको छेउमा भेटिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार कुनै पनि क्षति भने भएको छैन । प्रहरी श्रोतका अनुसार प्रतिबन्धित बिप्लव समुहले बिस्फोट गराएको हुनसक्ने आशका गरिएको छ ।