दमक/एक महिनापछि दमक उद्योग बाणिज्य संघको साधरणसभा हुँदैछ । साधरणसभासंगै नयाँ नेतृत्व चयन हुनेछ । नेपाली काँग्रेस निकट ब्यवसायीले मोटामोटी सर्वसम्मत रुपमा अध्यक्ष सहित पदाधिकारीहरु टुंग्याएकाछन् ।
यद्यपी बाहिर भने औपाचारिक रुपमा सार्वजनिक भएको छैन । बैठकमा सबैले अध्यक्षमा गोकुल श्रेष्ठको बिकल्प नभएको बताएपछि सर्वसम्मत भएको बताइन्छ । यद्यपी परिस्थिति आँकलन गर्ने मुडमा भने अझै काँग्रेस तथा काँग्रेस निकट ब्यवसायी देखिन्छ ।
सबैभन्दा ठुलो पार्टी नेकपा भने अन्योलमा छ । उम्मेदवार छनोटका लागि ब्यवसायीक समिति बनाएर सर्वसम्मत नाम ल्याउन पार्टी नेताले दबाब दिएकाछन् । अझ इच्छुकलाइ निवेदन हाल्न लगाउने कार्य गर्न लागेको बताइन्छ । कतिपय ब्यवसायीले फेरी पुरानै राजतन्त्रको पालामा प्रधानमन्त्री छान्न बिन्तिपत्र हाल्न लगाए जस्तो गर्न लागिएको भन्दै आलोचना समेत शुरु भएको छ ।
समितिले सकेसम्म सर्वसम्मत र नभए प्रजातन्त्रिक पद्धतीबाट नाम ल्याउदा सबैले स्वीकार गर्नु पर्ने हो तर बिबाद ल्याउनका लागि नचाहिदो गरिदैछ, एक ब्यवासायीको भनाइ छ । आफै कमजोर बन्ने र उम्मेदवारलाई मनोवल घटाउने कामले कसैको भलो गर्दैन, ति ब्यापारीले भने ।
अध्यक्ष बन्न र अन्य पदका लागि धेरै आँकाक्षी हुनु स्वभाविक भएकाले सबै पक्षकाले अन्तिम अवस्थासम्म आफ्नै नजिककालाइ उम्मेदवार बनाउन खोज्छन् । यसर्थ प्रजातन्त्रिक बिधि र प्रकृयाबाट उम्मेदवार चयन गरेर छिटो उम्मेदवारको नाम सार्वजनिक गर्न नेकपा नेकपा निकट ब्यवसायीको माग छ ।
आलटाल र ढिला गराएर अन्तिम समयमा नाम ल्याउदा उम्मेदवारले आफ्नो योजना कहिले र कसरी बनाउछन् ? यो हेक्का राख्नु पर्छ, एक उम्मेद्वारका आँकाक्षी ब्यवसायीले भने ।










