विष्णुप्रसाद पोखरेल दमक । भुटानी शरणार्थी बसोबास गरेर उजाड बनेको झापाको दमकमा रहेको एक सामुदायिक वनको ३५ हेक्टर जमिनमध्ये ५ हेक्टरमा ब्यवसायीक रुपमा बिभिन्न प्रजातीका आँप खेती शुरु गरिएको छ । जिल्लामा नै पहिलोपटक सामुदायिक बनले आँपको बगान बनाउन शुरु गरेको बताईन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकको वडा नं. २ मा पुरानो शरणार्थी शिबिरका छाप्राहरु हटाएपछि उजाड बनेको ३५ हेक्टर मध्ये ५ हेक्टरमा हम्सेदुम्से सामुदायिक वनले आँपको बिरुवा रोपेको हो । बिभिन्न प्रजातीका कलमी गरिएका आँपका विरुवाहरु रोपिएको सामुदायिक वनका अध्यक्ष हिमालयप्रसाद दाहालले बताउनु भयो । पुराना आँपका विरुवा रोपिएकाले एक बर्षभित्र नै यसले उत्पादन दिने समेत उहाँको भनाइ छ ।

दमकलाइ आँपमा आत्मनिर्भर बनाउन कोसिस गरिने र यो पहिलो शुरुवात भएको समेत उहाँको भनाइ छ । उन्नत प्रजातीका आँपहरु भएकाले यसले राम्रो र छिटो फलदिने अपेक्षा गरिएको छ, दाहालले भन्नुभयो । यसरी ठुलो परिमाणमा सामुदायिक वनमा आँप जिल्लामा नै पहिलो पटक लगाइएको हो, उहाँले जनाउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फलफुलमा आत्मनिर्भर बन्नका लागि फलफुलका बिरुवाहरु रोप्नका लागि बारम्बार आग्रह गर्दै आएकाले यो पटकदेखि सामुदायिक वनले यसमा ध्यान दिएको बताईएको छ । वडा नं. २ का वडाध्यक्ष प्रजापती सापकोटाले अझै ३० हेक्टर जमिन सामुदायिक वनको बृक्षारोपण योग्य रहेको पाईएकाले यहाँ पनि फलफुलका विरुवामा ध्यान दिनु पर्ने सुझाव दिनु भयो ।

एक महिनाको अवधिमा भmापामा स्थानीय तह र सरकारी कार्यालयहरुले २९ हजारभन्दा बढि फलफुलका विरुवा रोपेकाछन् । आँप, लिचि, कटर लगायतका उत्पादन मुलक फलफुलका विरुवाहरु रोपेको बताईएको छ । झापाका साहयक प्रमुख जिल्ला अधिकारी माधव पोखरेलका अनुसार आफुहरुले असार महिनामा भएको बृक्षारोपण तथ्याङ्क लिने क्रममा यो पाईएको जनाउनु भयो ।

कुल ६१ हजार ९ सय ६० विरुवा रोपिएकोमा २९ हजार ३ सय ७२ वटा फलफुलका विरुवा रोपण भएको पोखरेलले जानकारी दिनु भयो । सबैभन्दा बढि बिर्तामोड नगरपालिकाले फलफुलका विरुवा रोपेको पाईएको छ । बिर्तामोड नगरपालिकाले १६ हजार फलफुलका विरुवा रोपेको पाईएको हो । आन्तरिक राजश्व कार्यालय भद्रपुरले भने ४ वटा विरुवा रोपेकोमा १ वटा फलफुलको विरुवा रोपेको जिल्ला प्रशासन कार्यालय झापाले तयार पारेको विवरणमा उल्ल्ेख रहेको छ ।