दमक/दमकको पाथिभरा नेटवर्कमा काम गर्ने एक युवाको करेन्ट लागेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार नेटवर्कको काम गर्ने शिलशिलामा नै उनलाइ करेन्ट लागेको हो ।

दमक ३ का २३ बर्षिय प्रकाश कार्की करेन्ट लागेर गम्भिर घाइते अवस्थामा उपचार गर्न अस्पताल लैजादै गर्दा मृत्यु भएको बताइन्छ । बेलडाँगीमा इन्टरनेटका लागि तार तान्दै गर्दा उनलाइ करेन्ट लागेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजो साँझ साढे छ बजे भएको घटनामा उनले बिद्यूत पोलमा चढ्दा कुनै सेफ्टीको प्रयोग गरेका थिएनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।