दमक/सामाजिक अभियान्त सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाने महिलालाई पनि सजाय हुनुपर्ने बताएपछि केहि समय अघि एउटा तंरग आयो ।
उनले महिलाको झुटो आरोपकै कारण धेरै परुषहरु जेलमा भएको बताएकी थिइन् । पछिल्लो केहि दिन यता न्यायिक क्षेत्रका अगुवाले पनि यो कुरा उठाउन थालेको अवस्था रहेको छ । विवाह उमेरसंगै पुरुष वलात्कारको बिषय कानूनमा समेटीनु पर्ने आवाज उठ्न थालेको छ ।
मन पर्दासम्म सम्बन्ध राख्ने अनि रिस उठेसी मलाई बलात्कार गर्यो भनी झुटो आरोप लगाउने प्रवृतीको शिकार धेरै पुरुष बनिरहेको स्वयं महिला अधिकारकर्मी सरुले उठाएपछि यसको समर्थन र विरोध दुबै भएको पाईएको थियो ।
यौनसम्बन्ध राख्न पाउने उमेर १८ र विवाह उमेर २० बनाएपछि यो बिषयले पनि संसदमा बहसको बिषय बनेर नै प्रवेस पाएको छ । १८ बर्ष उमेर विवाहका लागि योग्य उमेर भन्ने बहस शुरु भएको छ ।










