बाँदरमाथि यौ*न दुर्व्यवहार गरेको आरोपमा युवती ३ बर्षका लागी जे*ल चलान भएकी छिन । महिलामाथि यौ*न दुर्व्यवहार, बलात्का*र भएका घ*टना त हामीकहाँ निकै धेरै आउँछन्। तर अफ्रिकी मुलुक इजिप्टमा एक युवतीले बाँदरमाथि यौ*न दुर्व्यवहार गरेको आरोप लागेको छ। यौ*न दुर्व्यवहारको अभियोगमा ती २५ वर्षीया युवतीलाई ३ वर्ष जे*ल सजाय दिइएको छ।

इजिप्टको मनसोरा सहरस्थित अदालतले बासमा अहमद नामकी युवतीलाई बाँदरमाथि यौ*न दुर्व्यवहार गरेको अभियोगमा सजाय सुनाएको हो। ती युवतीले बाँदरसँग सार्वजनिक स्थलमा आपत्तिजनक कार्य गरेको ठहर अदालतले गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाँदरमाथि गरेको आपत्तिजनक क्रियाकलापको ९० सेकेण्डको भिडियो इन्टरनेटमा भाइरल बनेसँगै गत अक्टोबरमा उनलाई प*क्राउ गरिएको थियो। उक्त भिडियोमा ती युवतीले बाँदरको यौ*नांग चलाउँदै हाँस्दै गरेको देखिएको थियो।

अदालतले ती महिलाले आफ्नो कसूर स्विकार गरेको भए पनि आफ्नो नियत बाँदरलाई यौ*न दुर्व्यवहार गर्ने नभएको भनी बताएको जनाएको छ।

यो पनि, श्रीमतीलाई पातली बनाउन १२ वर्षसम्म राम्रोसँग खान दिएनन् श्रीमानले !

एक महिलालाई उनका पतिले १२ वर्षसम्म भोकभोकै राखेको आरोप लगाएकी छन् । सात वर्षीया बालिकाका लागि डिजाइन गरिएको कपडामा पत्नीलाई फिट गराउनका लागि पतिले भोको राखेको आरोप छ । अमेरिकाको अर्भिन शहरमा बस्ने क्याथरिन हार्टलीले म्याथ्यु हार्टलीसँग विवाह गर्दा उनी साइज १२ की थिइन् । म्याथ्युले साइज जिरोको कपडा लगाउने पत्नी चाहेका थिए ।

यो जोडीको भेट हुँदा क्याथरिन १५ वर्षकी थिइन् भने म्याथ्यु २५ वर्षका थिए । आफूलाई चुरोट र रक्सी पियाएर म्याथ्युले फकाएको क्याथरिनले बताइन् । उनीहरूको विवाह अक्टोबर २००६ मा भएको थियो । पतिले आफ्नो जीवनका सबै पक्षमा नियन्त्रण जमाउन खाजेको क्याथरिनले बताइन् । उनले के खाने, के नखाने पनि पतिले नियन्त्रण गर्ने गरेको क्याथरिन बताउँछिन् ।

म्याथ्युले आफूलाई मोटी पत्नी नचाहिएको भन्दै क्याथरिनलाई भरपूर खान नदिने गरेको उनले बताइन् । कुनै समयमा उनको तौल जम्मा ३१ किलो थियो । क्याथरिनले भनिन्, ‘मैले सुत्नुअघि खाना खाएँ भने उसले मलाई सोफामा सुत्न बाध्य बनाउँथ्यो किनकि मैले खाएको खानाको गन्धले उसलाई सताउँथ्यो । म यति दुब्ली भएँ कि ओछ्यानमा सुत्दा पनि मेरो हाड दुख्थ्यो । अन्तिममा गएर मैले सात वर्षीया छोरीको लुगा लगाउन थालें ।’

पतिले आफूलाई घाँटीमा समातेर उचाल्ने गरेको अनि एकपटक कोठाको एक कुनाबाट अर्को कुनामा फ्याँकेका थिए । अर्को एक घटनामा क्याथरिनले चुरोट पिएको देखेपछि म्याथ्युले उनको ड्रेसिङ गाउन तानेर उनलाई बाल्कोनीबाट फ्याँकिदिएका थिए ।

पछि उनले घरका सबै कोठामा सीसीटीभी जडान गरेर निरन्तर निरीक्षण गर्ने गरेका थिए । उनीहरू अगस्ट २०१७ मा छुट्टिए अनि अप्रिल २०१९ मा पारपाचुके लिए । छुट्टिएपछि क्याथरिनले प्रहरीसमक्ष पतिको व्यवहारका बारेमा गुनासो गरिन् ।

म्याथ्युले आफ्नीमाथि गरेको दुर्व्यवहार सकारे । अन्य महिलालाई पनि यौन दुर्व्यवहार गरेको उनले बताए । तर, उनलाई कारागारमा बस्नुपर्ने सजाय दिइएन । उनलाई १२ महिनासम्म सुपरीवेक्षणमा रही समुदायमा काम गर्नुपर्ने र यौन कसूरदारको बहीखातामा हस्ताक्षर गर्न लगाइयो ।

आफूलाई पतिले वर्षौंसम्म गरेको दुर्व्यवहारका लागि यो कम सजाय भएको क्याथरिनको भनाइ छ । म्याथ्युले आफ्नो आत्मविश्वास र सम्मान ध्वस्त हुने गरी निरन्तर दुर्व्यवहार र आलोचना गरेको र ऊ महिलाका लागि खतराका रूपमा रहेको क्याथरिनको भनाइ छ । एजेन्सी

यो पनि, अस्ट्रेलियाः सपनामा देखेको नम्बर प्रयोग गर्दा चिठ्ठा पर्यो

अस्ट्रेलियामा एक जना पुरुषले १३ वर्ष अगाडि सपनामा देखेको एउटा नम्बरमा चिठ्ठा हाल्दा दश लाख डलर जितेका छन् । आफ्नो पहिचान खुलाउन नचाहने ती व्यक्तिले उक्त नम्बरहरू उनले एक रात सपनामा देखेको र ती नम्बरहरूमा उनले बारम्बार चिठ्ठा खेलिरहेको बताए । उनले भने,‘मैले मेरो टिकटलाई अनलाइनमा हेरेको थिएँ र समाचार थाहा पाएँ । मलाई लागेको थियो एकदिन मैले यी नम्बरमा जित्नेछु ।’

विगतका अन्य वर्षहरूमा तिनै नम्बरमार्फत् आफूले अन्य पुरस्कारहरू पनि जितिसकेको उनले बताए । ‘ती वास्तवमै मेरा निम्ति भाग्यशाली नम्बर हुन् । त्यसैले म तिनमा चिठ्ठा खेलिरहन्छु,’ उनले भने ।

कुनै विजेताले आफूले सपनामा देखेको नम्बरबाट चिठ्ठा जितेको दाबी गरेको यो पहिलो घटना भने होइन । यो महिनाको सुरुमा अमेरिकामा एकजना महिलाले करिब एक लाख डलर जितेकी थिइन् । उनले सपनामा एकजना पुरुष आएर आफूलाई भाग्यशाली नम्बर बताएको जनाएकी थिइन् ।

यो पनि, समलिंगी पेन्गुइन बढे

आयरल्यान्डको एक चिडियाघरमा राखिएका १४ वटा पेन्गुइनमध्ये ८ वटा समलिंगी क्रियाकलापमा लागेको कुरा पत्ता लागेको छ । आयरल्यान्डको डिंगल ओसनपार्कस्थित पेन्गुइनहरू गे (भाले–भालेबीच सम्बन्ध राख्ने) र लेस्बियन ९पोथी–पोथीबीच सम्बन्ध राख्ने) गतिविधिमा लागेको चिडियाघरले जनाएको छ । चिडियाघरका कर्मचारीले भने आयरल्यान्डले सन् २०१५ मा समलिंगी विवाहलाई मान्यता दिएपछि चिडियाघरमा पनि समलिंगी पेन्गुइनको संख्या बढेको जनाएको छ ।

पेन्गुइनले भाले र पोथी मिलेर बच्चा हुर्काउने गरेकोमा त्यहाँ रहेका पोथी समलिंगी पेन्गुइनले भालेसँग संसर्ग गरेर गर्भवती हुने र पोथी–पोथी मिलेर बच्चा हुर्काउने गरेका छन । चिडियाघरका निर्देशक लुइस ओभरीका अनुसार अहिले उक्त चिडियाघरमा दुई जोडी भाले तथा एक जोडी पोथी समलिंगी छन ।