दमक/दमक उद्योग बाणिज्य संघको निर्वाचन नजिक आएसंगै उम्मेदवार चयन प्रक्रिया अन्तिम चरणमा पुगेको बताईएको छ । नेकपा निकट ब्यवसायीहरुको कार्यदलले उम्मेदवारको मोटामोटी टुंगो लगाएको बताइन्छ ।

नयाँ नेतृत्व विकास ब्यवसायीको चाहाना रहे अनुसार नै उम्मेदवारहरुको टुंगो लगाउन लागिएको र उम्मेद्वारहरुको बिषयमा कुनै विवाद नरहेको कार्यदलका एक सदस्यले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्षको बिषयमा सहमतिमा पुगेपनि उपाध्यक्षको विषयमा छलफल जारी रहेकाले आज शनिबारसम्ममा ट्ंगोमा पुगिने ति सदस्यले बताए । कार्यदलमा गहन छलफल भएको र ९५ प्रतिशतभन्दा बढिले नयाँ नेतृत्व विकास गर्नु पर्नेमा जोड दिएपछि सोहि अनुसार अघि बढ्न लागिएको समेत ति सदस्यको दाबी छ ।

यो पटक पनि राजनीतिक हस्तक्षेप बढ्न लागेको भन्दै आलोचना भएपछि ब्यवसायीक कार्यदल बनाएर उम्मेदवार छनोट गर्न भनिएको थियो । कार्यदलमा नयाँ नेतृत्वको विकास गर्नु पर्ने भन्दै अधिकाँश ब्यवसायीले बताएपछि नेकपाले यसै अनुसार निर्णय गर्ने नेकपाका एक नगर नेताले बताए ।

यो ब्यवसायीको चुनाव भएकाले ब्यवसायीहरुको कार्यदलले ल्याएको नाम नै हाम्रो आधिकारीक नाम हुनेछ र यसमा कुनै विवाद छैन , ति नेताले भने । उम्मेद्वारहरुको नाम पनि चाँडै सार्वजनिक हुने उनको भनाइ छ ।

यसभन्दा अघि नेपाली काँग्रेस निकट ब्यवसायीले गोकुल श्रेष्ठको नाम अध्यक्षमा सर्वसम्मत ल्याईसकेकाछन् । श्रेष्ठको नाम आएपछि काँग्रेसमा अरु कसैले दाबी गरेका थिएनन् । उपाध्यक्षहरु भने सार्वजनिक भएका छैनन् ।

अघिल्लो पटक जीतमा अध्यक्ष राजेन्द्र ढकाल सहितका पदाधिकारीहरु ।