दमक/झापाको दमक वडा नं ३ मा पुरानो जरुवा पानी आइरहने स्थानीयहरुले होली भन्दै आएको वेतेनी सिमसार पर्यटकीय स्थल बन्न थालेकोछ ।
संरक्षणको अभावमा बषौं देखि झाडी र होलीको रुपमा रहेको क्षेत्रमा नाँउ कुद्न थालिसकेको छ ।
वडा नं. ३ का वडाध्यक्ष नविन बरालका अनुसार करिब २९ लाखको लागतमा पशुपती कुण्ड बेतेनी सिमसार दुकुरपानी अहिले यो अवस्थामा आएको छ । यो बर्ष पनि काम हुने उनले जनाए ।
अहिले पोखरी निर्माण गरी नगरमै पहिलो पटक डुङगा संचालन गर्न थालिएपछि यहाँ आन्तरिक पर्यटकहरु आउन थालेको पनि बताइन्छ ।










