दमक/ आरक्षण बचाऔं आन्दोलनद्वारा घोषित आन्दोलन कार्यक्रम अन्र्तगत सिंहदरबार घेराऊ कार्यक्रमको क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष तथा पहिचानवादी नेता कुमार लिङ्देनलाइ प्रहरीले नियण्त्रणमा लिएको छ ।
बिभिन्न आदिबासी नेतासंगै उनि पनि पक्राउ परेको बताईएको छ । काठमाडौंको भद्रकालीमा आइतबार प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइन्छ ।
आज सिंहदरबार घेराउ कार्यक्रम रहेको थियो । केही महिना पहिले जारी लोकसेवाको विज्ञापन संविधान विपरीत भएको तथा समावेशी र समानुपातिक नभएको भन्दै आदिवासी जनजाती धर्ना लगायतका विरोध प्रदर्शनमा उत्रिएका छन्।
पक्राउ परेकाहरुको नामवली
१. गाेबिन्द छन्त्याल, काबा अध्यक्ष, नेफिन
२. भक्त विश्वकर्मा, अध्यक्ष, दलित गैसस महासंघ
३. कुमार लिङ्देन, अध्यक्ष, संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च
४. खगेन्द्र माखिम
५. दलमर्दन कामी
६. सुखवीर थामी
७. सहेक विश्वकर्मा
८. हेमन्त राई
९. काशिन्द्र यादव
१०. राकेश राई
११. सि एन थारू
१२. कल्पना सुनार
१३. उस्पार सुनार
१४. थाङ्साङ लावती
१५. वाङ्जु तामाङ
१६. जयनकुमार माेक्तान
१७. रमेश थापा मगर
१८. लक्ष्मी थापा
१९. महेश अधिकारी










