झापाको बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट भएको छ ।
गरामनी बजारमा छेउमा रहेको बिर्तामोड नगरपालिका वडा नम्बर ७,८ र ९ को संयुक्त वडा कार्यालयमा सोमबार बिहान साढे ४ बजे बम बिस्फोट भएको जिल्ला प्रहरी झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिस्फोटबाट वडा कार्यालय भवनको झ्यालहरु फुटेको छ । बिस्फोटबाट अन्य क्षतिका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको डीएसपी श्रेष्ठले बताए । अज्ञात समुहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।
बिस्फोट भए लगत्तै घट्नास्थलमा प्रहरी पुगेको र अनुसन्धान शुरु गरेको जनाइएको छ । बिस्फोट गराईएको बमका बारेमा घटना स्थलमा नै पुगेर जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले अनुसन्धान सुरु गरेका छन् । उनले विष्फोट विप्लव माओवादी समुहले गराएको हुन सकने आशंका ब्यक्त गरेका छन् ।
वडा कार्यालयमा नै बम विष्फोट भएपनि जिल्ला भरको सुरक्षा ब्यवस्था कडा बनाइएको प्रहरी प्रमुख मैनालीले जानकारी दिए । घटना स्थलमा नेपाली सेनाको टोली समेत पुगेको बताइएको छ । झ्यालका सिसाहरु फुटेपनि अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ ।
पुर्वाञ्चलअनलाइले लेखेको छ ।









