काठमाडौं – भारतको दार्जीलिङमा एक बाँदरले स्टेसनरी पसलमा बसिरहेकी महिलाको शल खोसेर आफैं त्यो शल टाउको र काँधमा राखेको छ ।

घटनाको भिडियोमा बाँदर एक महिलासँगै पसलभित्र बसेको देखिन्छ । उसले शल तान्छ अनि महिलाले शल समातिरहन कोशिश गर्छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाँदरले शल खोसेको दृश्य देखेर मानिस हाँस्छन् । बाँदरबाट टाढा जान खोज्दै सीटबाट उठेपछि महिलाले उसलाई शल दिन खोज्छिन् ।

बाँदरले शल लिएर महिलाले जस्तै आफूमा बेरेको देख्दा मानिस हाँस्छन् । उसले महिलाको नक्कल उतार्ने क्रममा गोडा पनि बाँध्छ र गफ समेत गरेको जस्तो गर्छ ।

उनी बाँदरबाट टाढा जान खोज्दा बाँदर पनि सँगै जान्छ र उनी बसेकै ठाउँमा गएर बस्छ । पसले महिला बनेको बाँदरको तस्वीर र भिडियो अन्य पसले र ग्राहकले खिचेका हुन् ।

https://video.dailymail.co.uk/preview/mol/2019/08/13/5590164963780309807/636x382_MP4_5590164963780309807.mp4