दमक/प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था कस्तो छ भन्ने अहिले ठुलो चर्चा शुरुभएको छ । सिंगापुरमा स्वास्थ्य जाँच गराएर फर्के लगत्तैदेखि उनको स्वास्थ्य अवस्थाबारे चिन्ता प्रकट गरिदै आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँको स्वास्थ्यमा गम्भिर समस्या रहेको र फेरी उपचारका लागि बाहिर जान लागेको भन्दै कतिपय सञ्चारमाध्यमहरुमा समचारहरु समेत प्रकाशित भइरहेकाछन् । सिंगापुरको स्वास्थ्य रिर्पोट सार्वजनिक भएको छैन ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएकाछन् । बाहिर बिभिन्न प्रकारका हल्ला आएपछि उनले यो लेखेको बताइन्छ ।

कतिपय सञ्चारमाध्यमहरुले ओलीले हिजो साँझ बिभिन्न स्वास्थ्यसंग सम्बन्धित विशेषज्ञहरुसंग स्वास्थ्यको बिषयमा गम्भिर छलफल गर्दै परामर्श समेत मागेका थिए । केहि निकटका नेताहरुलाइ पनि आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउदै आवश्यक सुझाव मागेको बताइन्छ ।

स्वास्थ्य अवस्थाबारे धेरै प्रकारको अड्कलबाजि भएपनि सिंगापुरमा जाँचको रिर्पोट कस्तो आएको थियो भन्ने सार्वजनिक भएको छैन । प्रधानमन्त्री ओली निर्धारीत गरिएको समयभन्दा केहि दिन ढिला फर्केका थिए ।