दमक/ दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हुन लागेको साधरणसभाको माहोल बल्ल तातेको छ । काँग्रेस निकट ब्यवसायी र साना राजनीतिक दलको तर्फबाट गोकुल श्रेष्ठ सहितका उम्मेदवारहरु टुंगो लगाएपनि औपचारिक सार्वजनिक भएको छैन । तर श्रेष्ठले भने आफु अध्यक्षको उम्मेदवारको रुपमा मत माग्न थालेकाछन् ।

यता नेकपा निकट ब्यवसायीले उम्मेदवार छान्न नसकेको अवस्थामा अध्यक्ष र प्रथम उपाध्यक्षका दाबेदार बिमल खतिवडा र युवराज घिमिरेले आफुहरुले प्रस्तुत गरेको दाबी पत्र फिर्ता लिन दिएको पत्रले राजेन्द्र ढकाललाइ बाटो खुला भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उम्मेदवार छान्न दिएको समय कट्दा समेत निर्णय नदिएको भन्दै छनौट प्रक्रियामा असन्तुष्टि जनाएर उनिहरुले दाबीपत्र फिर्ता लिन दिएको निवेदनले दमकमा तंरग नै ल्याएको छ । उम्मेदवार छनोटमा ढिलाइप्रति आफुहरुको असहमति रहेको खतिवडा र घिमिरेको भनाइ रहदै आएको छ ।

नेकपाको तर्फबाट खतिवडा अध्यक्षका बलिया दाबेदार रहेका थिए । अघिल्लो पटक खतिवडा र घिमिरेको साथमा निर्वाचन जितेका वर्तमान अध्यक्ष ढकालले यस पटक उनिहरुलाइ साथ दिने आँकलन ब्यवसायीको रहेको थियो ।

तर त्यसो नभएर फेरी ढकालले अध्यक्ष दाबी गरेपछि यसले नेकपा निकट ब्यवसायी अन्योलमा परेका थिए । ढकालको दाबी आएपछि खतिवडा र घिमिरे पनि आश्चर्यमा परेका थिए । साधरणसभा आउन लाग्दा समेत उम्मेदवारी घोषणा नहुनु दूर्भाग्य हुने भन्दै नेतृत्वको आलोचना समेत ब्यवसायीले गर्दै आएकाछन् ।