दमक/दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भदौ २० मा निर्वाचन मिति साधरणसभामा प्रस्तुत गर्ने निर्णय भएको पाईएको छ । संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाइका अनुसार साधरसभामा पास हुने प्रतिवेदनहरु पास गर्नुको साथै निर्वाचन मिति प्रस्ताव गर्ने बिषयमा निर्णय भएको छ ।
आज बसेको संघको बैठकले यस्तो निर्णय गरेको बताईएको छ । निर्वाचन समितिको संयोजक तोक्ने बिषयमा भने सहमति नभएको जनाईएको छ । निर्वाचन समिति भने बैठकले बनाउन सकेन । आउदो भदौ ६ गते २८औं वार्षिक साधारण सभा र २९ औं स्थापना दिवस कार्यक्रम हुँदैछ ।
दमक उद्योग वाणिज्य संघको २८औं वार्षिक साधारण सभा र २९ औं स्थापना दिवस निम्न मिति, समय र स्थानमा भव्यताका साथ सम्पन्न हुने निश्चित भएको हुँदा उक्त कार्यक्रममा उपस्थित भईदिनु हुन सम्पूर्ण सदस्य ,उद्यमी - व्यवसायीहरु एवं संघका सम्पूर्ण साधारण सदस्य महानुभावहरुमा हार्दिक निमन्त्रणा !
मिति :- २०७६ साल भाद्र ६ गते शुक्रबार
समय :-दिनको ११ बजेदेखि
स्थान :- कस्मिक पार्टी प्यालेस दमक ८










